尼泊爾語 - नेपा ली

हाम्रो बारे

सरकारले हङकङको प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउन, डिसेम्बर 2022 मा प्राथमिक स्वास्थ्य सेवा खाका (प्राइमरी हेल्थकेयर ब्लुप्रिन्ट) जारी गर्यो। ब्लुप्रिन्टले वृद्धहरुको जनसंख्या र दीर्घकालीन रोगहरूको बढ्दो संख्याबाट उत्पन्न हुने चुनौतीहरूको समाधान गर्न प्राथमिक स्वास्थ्य सेवा विकास मार्ग र रणनीति निर्माणको निम्ति संशोधन गर्ने पहलहरूको श्रृंखलालाई चित्रण गर्दछ । ब्लुप्रिन्टमा सिफारिस गरिए अनुसार, जुलाई 2024 मा स्वास्थ्य ब्यूरो अन्तर्गत प्राथमिक स्वास्थ्य सेवा कार्यालयलाई प्राथमिक स्वास्थ्य सेवा आयोग (PHC आयोग) मा रुपान्तरण गरिएको थियो ।

PHC आयोगले रणनीतिक योजना र प्रावधान, मानक स्तर र प्राथमिक स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न र प्राथमिक स्वास्थ्य सेवाका दक्ष स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्दछ, साथै रणनीतिक खरिद कार्यालयद्वारा समर्थित रणनीतिक खरिद मार्फत् सेवा योजना र स्रोत विनियोजनको निरीक्षण गर्दछ ।

Primary Healthcare Blueprint

जनमानसको समग्र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले वर्तमान स्वास्थ्य सेवा प्रणाली र मानसिकतालाई उपचारमुखीबाट रोकथाम उन्मुख बनाउने उद्देश्यले जिल्ला आधारित प्राथमिक स्वास्थ्य सेवा (PHC) लाई विस्तार गर्न, पहुँचयोग्य बनाउन र सुसंगत स्वास्थ्य सेवाहरू र दिगो स्वास्थ्य सेवा प्रणाली स्थापना गर्न हामी प्रतिबद्ध छौं ।

हामी वर्तमान स्वास्थ्य सेवा प्रणाली र जनमानसको मानसिकतालाई उपचार-केन्द्रित माध्यमिक/ तृतीय स्वास्थ्य सेवाबाट रोकथाम-उन्मुख परिवार-केन्द्रित PHC तर्फ ढल्काउन चाहान्छौं, र विभिन्न क्षेत्रहरू र विभिन्न तहका उपचार सेवासँग समन्वय गरी समुदायमा जिल्ला-स्तरीय PHC सेवाहरूलाई बलियो बनाउन चाहन्छौं ।

पारिवारिक डाक्टर भन्नाले के हो ?

पारिवारिक डाक्टर एक मुख्य प्राथमिक उपचार सेवा प्रदायक हुन्, जसले तपाई र तपाईको परिवार सदस्यहरूको स्वास्थ्यको ख्याल राख्दै तपाई र तपाईको परिवार सदस्यहरूलाई समग्र रुपमा, व्यक्ति-आधारित, निरन्तर, रोकथामको लागि र समन्वयात्मक उपचार प्रदान गर्दछ ।

के तपाईको आवश्यकता अनुरुप प्राथमिक सेवा डाक्टर, दन्त चिकित्सक वा चाईनिज मेडिसन डाक्टरको खोजीमा हुनुहुन्छ ?

कृपया प्राथमिक सेवा निर्देशिकामा हेर्नुहोस् ।

Primary Care Directory Primary Care Directory mobile website - QR code

जीवनको अन्तरालमा रोकथामको उपचार (सर्वसाधारणहरुका लागि) /
सन्दर्भ रुपरेखाहरु

क्यान्टोनिज, पोतुङ्गवा वा अंग्रेजी बोल्न वा पढ्न नसक्ने व्यक्तिहरुलाई अनुवादनको आवश्यकता भएमा, तपाईले जिल्ला स्वास्थ्य केन्द्र/जिल्ला स्वास्थ्य केन्द्र एक्सप्रेसका कर्मचारीहरुलाई सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।