其他语文内容(尼泊尔文)
अन्य भाषाहरूमा विषयवस्तु
以尼泊尔文提供的资讯
医务卫生局网页的少数族裔语言版本只选取部分重要资讯。要查阅我们网站的全部资讯,可浏览英文版、繁体中文版或简体中文版。
नेपालीमा उपलब्ध जानकारी
स्वास्थ्य ब्यूरोको गृहपृष्ठको अल्पसंख्यक जातीय भाषा संस्करणमा चयन गरिएका आवश्यक जानकारी मात्र समावेश छन् । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ ।
स्वागत सन्देश
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको स्वास्थ्य ब्यूरोको गृहपृष्ठमा स्वागत छ ।
स्वास्थ्य ब्यूरो हङकङका सबै नागरिकहरूका स्वास्थ्य प्रवर्द्धन र सुरक्षा गर्न प्रतिबद्ध छ । हामी हङकङको चिकित्सा सेवा तथा स्वास्थ्य सेवा प्रणाली स्तरको सुनिश्चित गर्न प्रयत्नशिल छौ ।
बढ्दो जनसंख्या, स्वास्थ्य सेवा जनशक्तिको अभाव र बढ्दो रोगहरूबाट उत्पन्न हुने चुनौतीहरूको सामना गर्दै, हाम्रो स्वास्थ्य सेवा प्रणालीले समयसापेक्ष राख्नुपर्छ, प्रविधिको राम्रो प्रयोग गर्नुपर्दछ र समुदायको बढ्दो सेवाको मागलाई सामना गर्न सुधार र नवीनताको साथ अगाडि बढ्नुपर्छ । यसैबीच, हामीले ग्रेटर बे एरियामा स्वास्थ्य सेवा नवीनता र समन्वय प्रवर्द्धन गर्न हङकङको स्वास्थ्य सेवाको लाभहरू पूर्ण रूपमा लिनु आवश्यक छ ।
जातीय समानताको प्रवर्द्धन
स्वास्थ्य ब्यूरो द्वारा तयार उपायहरूको चेकलिस्ट
स्वास्थ्य ब्यूरो द्वारा व्यवस्थित दोभाषे तथा अनुवाद सेवाहरूको वार्षिक तथ्याङ्कहरू
प्राथमिक तथा सामुदायिक स्वास्थ्य सेवा
मानसिक स्वास्थ्य - एथनिक माईनोरिटी वेल-बिइंग सेन्टर
"प्रमुख कार्यकारीको 2022 को नीति सम्बोधन" मा अल्पसंख्यक जातीयहरूलाई भावनात्मक समर्थन र परामर्श सेवाहरू प्रदान गर्न परीक्षण कालको निम्ति सेवा केन्द्र स्थापना गर्न प्रस्तुत गरिएको थियो । यो सेवा केन्द्रले 2023 को अन्त्यबाट अल्पसंख्यक जातीयहरूलाई सेवा दिन सुरु गरेको छ । सामाजिक कार्यकर्ता, परामर्शदाता र अल्पसंख्यक जातीय भाषाहरूमा बोल्ने सहयोगी कर्मचारीहरू सम्मिलित बहु-विशेषज्ञ टोलीद्वारा समर्थित, सेवा केन्द्रले अल्पसंख्यक जातीयहरूलाई भावनात्मक सहयोग र परामर्श सेवाहरू प्रदान गर्दछ र यदि आवश्यक भएमा थप समर्थन र/वा उपचारको लागि अन्य सेवा प्लेटफर्महरूमा सेवा सिफारिस गर्नेछ ।
यह सेवा केंद्र जुबिन महतानी गिदुमल फाउंडेशन लिमिटेड द्वारा संचालित है। आम लोग जानकारी के लिए केंद्र की हॉटलाइन 9682 3100 पर कॉल कर सकते हैं, या सेवा केंद्र के बारे में अधिक जानने के लिए यहाँ क्लिक करें (सामग्री अंग्रेजी में उपलब्ध है)।
प्राथमिक स्वास्थ्य सेवा विकास
(स्वास्थ्य ब्यूरोको गृहपृष्ठको अल्पसंख्यक जातीय भाषा संस्करणमा चयन गरिएका आवश्यक जानकारी मात्र समावेश छन् । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ । )
(स्वास्थ्य ब्यूरोको गृहपृष्ठको अल्पसंख्यक जातीय भाषा संस्करणमा चयन गरिएका आवश्यक जानकारी मात्र समावेश छन् । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ । )
(स्वास्थ्य ब्यूरोको गृहपृष्ठको अल्पसंख्यक जातीय भाषा संस्करणमा चयन गरिएका आवश्यक जानकारी मात्र समावेश छन् । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ । )
(स्वास्थ्य ब्यूरोको गृहपृष्ठको अल्पसंख्यक जातीय भाषा संस्करणमा चयन गरिएका आवश्यक जानकारी मात्र समावेश छन् । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ । )
माध्यमिक/ तृतीय स्वास्थ्य सेवा
रणनीतिक खरीद
2022 को नीति सम्बोधन अन्तर्गत निजी स्वास्थ्य सेवा क्षेत्र मार्फत समुदायलाई प्रदान गरिने प्राथमिक स्वास्थ्य सेवालाई समन्वय गर्न खरिद रणनीतिक कार्यालयको स्थापना गर्ने योजना घोषणा गरेको छ । यस उद्देश्यका लागि, रणनीतिक खरीद कार्यक्रमको विकास र कार्यान्वयनको निरीक्षण गर्न नोभेम्बर 2022 मा स्वास्थ्य ब्यूरो अन्तर्गत रणनीतिक खरीद कार्यालय स्थापना गरिएको थियो । दोहोरो भूमिका निर्वाह गर्दै, खरीद रणनीतिक कार्यालयले निम्न कार्य गर्दछ:
a. रणनीतिक खरीद कार्यक्रमको विकास र कार्यान्वयनमा नीतिगत स्तरमा ब्यूरोलाई सहयोग गर्दै ब्यूरोको कार्यकारी शाखा; र
b. रणनीतिक खरीद कार्यक्रमलाई समर्थन र व्यवस्थापन गर्न साझा प्लेटफर्म;
र निम्न कार्यहरू गर्दछ:
a. नागरिक र प्रणाली दक्षताको लागि अधिकतम स्वास्थ्य लाभहरू प्राप्त गर्न व्यक्ति र परिवारहरूलाई थप स्वास्थ्य सेवा विकल्पहरू उपलब्ध गराउन हङकङको विद्यमान डुअल-ट्र्याक स्वास्थ्य सेवा प्रणाली अन्तर्गत अनुदान र सह-भुक्तानी मोडेलद्वारा निजी क्षेत्रबाट स्वास्थ्य सेवाहरू खरिद गर्ने उपकरणको रूपमा रणनीतिक खरिदलाई अपनाउन ।;
b. कुन स्वास्थ्य सेवाहरू कसबाट किन्ने, यी स्वास्थ्य सेवाहरूको लागि कसरी भुक्तान गर्ने, कुन दरमा भुक्तानी गर्ने, सरकारको अनुदान, सहभागीको सह-भुक्तानी र प्रोत्साहन संयन्त्रहरू परिभाषित गर्न;
c. स्वास्थ्य सेवाका आवश्यकताहरू पूरा गर्न र स्वास्थ्य लाभहरू बढाउनका लागि स्वास्थ्य सेवाका प्रयोगकर्ताहरू र प्रदायकहरूलाई प्रमाण-आधारित स्वास्थ्य सेवाहरू प्रयोग गर्न र उपलब्ध गराउन प्रोत्साहन गर्न प्रोत्साहन संयन्त्रहरू डिजाइन गर्न;
d. स्वास्थ्य सेवाहरूको एकीकृत खरीद सहजीकरण गर्न साझा प्लेटफर्मको विकास र रोल आउट गर्न जसमा विद्यमान अस्पताल प्राधिकरण र स्वास्थ्य विभागको सामुदायिक-निजी-साझेदारी कार्यक्रमहरूको समेकन सहित स्वास्थ्य नीति निर्दैशनहरु पूरा गर्न पहलहरु निर्माण गर्न ।
e. एल्डर्ली हेल्थ केयर भाउचर योजना प्रणालीलाई स्रोत संकलन र उपयोग दक्षतालाई अधिकतम बनाउन रणनीतिक खरीदमा एकीकृत गर्न;
f. कार्यक्रमका उद्देश्यहरू हासिल गर्न र स्रोतहरूको प्रभावकारी प्रयोग सुनिश्चित गर्न रणनीतिक खरिद कार्यक्रमहरूको निरन्तर अनुगमन र मूल्याङ्कन सञ्चालन गर्ने; र
g. औषधिको लागत समावेश गर्न र अस्पताल प्राधिकरणसँग खरिद अधिकारको संयोजन गरी रणनीतिक खरिद कार्यक्रममा औषधिको पहुँच बढाउन सामुदायिक औषधि सूत्र स्थापना गर्न ।
चाईनिज मेडिसन
चाईनिज मेडिसन इकाई
सन् 2018 मा स्थापित, चाईनिज मेडिसन इकाई(CMU) नीतिगत तहमा हङकङमा चाईनिज मेडिसनको विकासको समन्वय र प्रवर्द्धन गर्न जिम्मेवारमा समर्पित एक इकाई हो। चाईनिज मेडिसन डिभेल्पमेन्ट बोर्ड (चिनियाँ चिकित्सा विकास आयुक्त)को नेतृत्वमा, CMU अन्तर्गत चार शाखाहरु पर्दछन्-–
नीति विकास शाखा
-हङकङमा चाईनिज मेडिसनको समग्र विकास सम्बन्धी नीतिगत विषयहरु, स्वास्थ्य सेवा प्रणालीमा चाईनिज मेडिसनको स्थान र चाईनिज मेडिसनको समग्र विकासमा रणनीतिहरु सहित;
-परामर्श तथा चाईनिज मेडिसन विकास रेखाचित्र (ब्लुप्रिन्ट) तयार गर्ने र त्यसको अनुगमन कार्यहरुको समन्वय गर्ने;
-चाईनिज मेडिसनका कानुनी संरचना सम्बन्धी नीतिगत विषयहरु हेर्ने;
-चाईनिज मेडिसन अस्पताल र सरकारी चाईनिज मेडिसन परीक्षण संस्थानको विकास सम्बन्धी नीतिगत विषयहरु हेर्ने;
-चाईनिज मेडिसन विकास कोषको कार्यान्वयन र विकास सम्बन्धी विषयहरु हेर्ने; र
-CMU को हाउसकिपिङ तथा केन्द्रीय प्रशासनिक मामिलाहरु हेर्ने
सेवा विकास शाखा
-सरकारद्वारा अनुदानित चाईनिज मेडिसन सेवाहरुको विकास, कोष र कार्यान्वयनको सम्बन्धमा नीतिगत विषयहरु हेर्ने (चाईनिज मेडिसन क्लिनिकहरु तथा प्रशिक्षण र अनुसन्धान केन्द्रहरु, एकिकृत चाईनिज-वेस्टर्न मेडिसन सेवाहरु र अन्य नयाँ सेवाहरु सहित);
- चाईनिज मेडिसन शाखा द्वारा विषयगत मामिलामा सूचना प्रविधिको प्रयोग ;
-सचिवालय द्वारा चाईनिज मेडिसन विकास समितिको समर्थन(स्वास्थ्य सचिवको अध्यक्षतामा)गर्ने; र
- CMU को हाउसकिपिङ र केन्द्रीय प्रशासनिक मामिलाहरु समाहल्न CMU को नीति विकास शाखालाई समर्थन गर्ने
व्यावसायिक विकास शाखा
- CMU को अन्य क्षेत्रहरु चाईनिज मेडिसन प्रयाक्टिस र चाईनिज औषधिको क्षेत्रमा व्यावसायिक समर्थन र सल्लाह दिने;
- चाईनिज मेडिसन चिकित्सकहरुको नियमन र व्यावसायिक विकासको सम्बन्धी नीतिगत विषयहरु हेर्ने;
- चाईनिज मेडिसन व्यवसायीहरु र सम्बन्धित कर्मचारीहरुको नियमन र व्यावसायिक विकास सम्बन्धी नीतिगत विषयहरु हेर्न; र
- चाईनिज मेडिसनको विकास शिक्षा, तालिम र अनुसन्धान सम्बन्धी नीतिगत विषयहरु हेर्ने
सामुदायिक शिक्षा तथा सरोकारवाला सम्पर्क शाखा
-चाईनिज मेडिसनको व्यापार विस्तार गर्ने उपायहरु सम्बन्धी नीतिगत विषयहरु हेर्ने;
-स्थानीय, मेनल्याण्ड (ग्रेटर बे एरिया लगायत) र अन्तर्राष्ट्रिय सरोकारवालाहरुसँग सहकार्य र संचार गर्ने;
- मेनल्याण्ड (ग्रेटर बे एरिया लगायत)सँग सहकार्य गर्न पहल गर्ने र कार्यान्वयन गर्ने;
- चाईनिज मेडिसन प्रवर्द्धन गर्न सामुदायिक शिक्षा र प्रचार रणनीतिहरुको निर्माण र कार्यान्वयन गर्ने;
- हङकङ बाहिरका बजारहरुमा हङकङको चाईनिज मेडिसनको थप विकास बारे प्रवर्द्धन गर्ने; र
- स्थानीय, मेनल्याण्ड र अन्तर्राष्ट्रिय स्तरका हुने चाईनिज मेडिसन सम्बन्धी कार्यक्रमहरु र सम्मेलनहरुलाई समर्थन गर्ने।
चिनियाँ चिकित्सा अस्पताल परियोजना (चाईनिज मेडिसन हस्पिटल प्रोजेक्ट)
प्रमुख कार्यकारीको 2013 नीति सम्बोधनमा घोषणा गरे अनुसार, सरकारले चाइनिज मेडिसन अस्पताल स्थापना गर्न निजी अस्पताल विकासको लागि मूल रूपमा छुट्याइएको चुङ क्वान ओमा एक स्थान आरक्षित गर्ने निर्णय गरेको छ । यसबाहेक, सरकारले प्रमुख कार्यकारीको 2018 नीतिगत सम्बोधनमा घोषणा गरे अनुसार चाइनिज मेडिसनलाई सरकारी अनुदानद्वारा परिभाषित चाइनिज मेडिसन सेवाहरू जसमा भावी चाईनिज मेडिसन अस्पतालद्वारा प्रदान गरिने सरकारी सेवाहरू अनुदान प्राप्त भर्ना भएका बिरामी र बहिरंग सेवाहरुहरूको हङकङको स्वास्थ्य प्राणाली समावेश गरिनेछ।
2 मे 2018 मा स्वास्थ्य ब्यूरो (पूर्व खाद्य तथा स्वास्थ्य ब्यूरो) अन्तर्गत चाईनिज मेडिसन अस्पताल परियोजनाको योजना र विकासलाई अगाडि बढाउन, एक तोकिएको कार्यालय अर्थात् चाईनिज मेडिसन हस्पिटल प्रोजेक्ट कार्यालय स्थापना गरिएको थियो ।
चाईनिज मेडिसन अस्पताल सरकारद्वारा निर्माण गरिएको हो र सामुदायिक-निजी-साझेदारी मोडेलमा सञ्चालित छ । 2021 मा, हङकङ ब्याप्टिस्ट युनिभर्सिटीलाई टेन्डर प्रक्रिया मार्फत चिनियाँ मेडिसन अस्पताल सञ्चालनका लागि ठेकेदारको रूपमा चयन गरिएको थियो । सोही वर्ष, हङकङ ब्याप्टिस्ट युनिभर्सिटीले हङकङ ब्याप्टिस्ट युनिभर्सिटी चाइनिज मेडिसिन हस्पिटल कम्पनी लिमिटेडलाई अपरेटरको रूपमा समावेश गर्यो । हङकङ ब्याप्टिस्ट युनिभर्सिटी र अपरेटरले सेवा पत्रमा तोकिए बमोजिम कमिसनिङ कार्यहरूमा सँगै काम गरिरहेका छन् ।
अधिक जानकारी के लिए, कृपया चीनी चिकित्सा अस्पताल परियोजना के वेबपेज पर जाएँ (सामग्री अंग्रेजी, परम्परागत चिनियाँ र सरलीकृत चिनियाँ भाषामा मात्र उपलब्ध छन्)।
चाईनिज मेडिसन विकास कोष
चाईनिज मेडिसन विकास कोषको उद्देश्यहरु समग्र रुपमा उद्योगको स्तर वृद्धि गर्ने, चाईनिज मेडिसन अस्पतालको विकासको लागि आवश्यक प्रतिभालाई प्रोत्साहन गर्ने, चाईनिज मेडिसन सम्बन्धी वैज्ञानिक अनुसन्धानलाई प्रवर्द्धन गर्ने र जनमानसमा चाईनिज मेडिसन बारे ज्ञान बढाउन र बुझाउन हो ।
कोषले चाईनिज मेडिसन र चाईनिज मेडिसन औषधि क्षेत्रका सबै तहका चिकित्सकहरु र संस्थाहरुलाई लाभान्वित गर्ने लक्ष्य राख्दछ, जसमा चाईनिज मेडिसन चिकित्सकहरु (दर्ता र सूचीकृत चाईनिज मेडिसन चिकित्सकहरु दुवै समावेश छन्), सम्बन्धित पेशेवर स्वास्थ्यकर्मी र चाईनिज मेडिसन औषधि उद्योगका संलग्न व्यक्तिहरू समावेश छन् । यो कोषबाट चाईनिज मेडिसन क्लिनिकहरु, स्वामित्वका चिनियाँ औषधिहरु निर्माताहरु र थोक बिक्रेताहरु, चिनियाँ जडिबुटी औषधिहरुको खुद्रा र थोक बिक्रेताहरु, विश्वविद्यालयहरु, र चाईनिज मेडिसन सम्बन्धी संस्थाहरु, व्यावसयिक संघ तथा अनुसन्धान संस्थाहरु आदि लाभान्वि हुने अपेक्षा गरिएको छ । 1 मार्च 2019 मा कोष अन्तर्गत कोष योजनाहरुको व्यवस्थापन र जाँच गर्न जिम्मेवार सल्लाहकार समिति स्थापित गरिएको छ । हङकङ उत्पादकता परिषद् कोषको कार्यान्वयन साझेदार हो । सो कोष औपचारिक रुपमा जून 2019 मा सञ्चालनमा ल्याइएको हो ।
अधिक जानकारी के लिए, कृपया चीनी चिकित्सा विकास निधि वेबसाइट पर जाएं. (पूर्ण सामग्रीहरु अंग्रेजी, पराम्परागत चिनियाँ र सरलीकृत चिनियाँ भाषामा मात्र उपलब्ध छन् । )
स्वास्थ्य पूर्वाधार